तपाईँ सुन्दै हुनुहुन्छः

पारमाणविक विधेयक, २०७५ पारित

काठमाडौं । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको सो विधेयक विधायन व्यवस्थापन समितिले दफाबार छलफलपछि पारित गरेको हो ।

विधेयकमा पारमाणविक वा रेडियोधर्मी पदार्थ र संयन्त्र सम्बन्धि क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने, त्यसको नियमन र इजाजतपत्रमा भएका सर्त विपरित कार्य गरेमा सजाय हुने लगायतका व्यवस्था समेटिएको छ ।

समितिमा भएको दफाबार छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक माथि समितिमा भएको सहमतिमा मन्त्रालय सहमत रहेको बताउनुभयो ।

उहाँले पारमाणविक विधेयक संवेदनशील भएको र यसलाई नियमन गर्न विज्ञता, विश्वविद्यालय, अन्तर मन्त्रालय र सुरक्षाको दृष्टिकोणले प्राधिकरण नै आवश्यक भएपनि आर्थिक भार कम गर्नेगरी मन्त्रालयको विभाग तहको संस्थागत संरचना रहने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button