तपाईँ सुन्दै हुनुहुन्छः

समाचार सम्पादनमा महिला सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुको जोड

Image may contain: 4 people, people sitting and indoor

काठमाडौं । समाचार सम्पादनमा महिला सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पत्रकारिता क्षेत्र आफैमा सहज विषय नभएको र महिलाहरुको हकमा थप चुनौती रहेको भन्दै सरोकारवालाहरुले महिला सहभागिता बढाउने खालका कार्यक्रम तथा तालिमहरु सञ्चालन गरिनुपर्नेमा जोड दिएका हुन् ।

आर्थिक पत्रकार समाज (सेजोन) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को संयुक्त आयोजनामा आजकाठमाडौंमा समाचार सम्पादनमा महिला पत्रकार विषयक कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्रको मनोबल बढाउन सकेमात्र मुलुकमा लगानीको वातावरण बन्ने र मुलुक संबृद्धितर्फ अघि बढ्ने बताउनुभयो ।

Image may contain: 3 people, people sitting, living room and indoor

कार्यक्रममा सेजोनका अध्यक्ष भिम गौतमले आर्थिक पत्रकार समाजले महिला पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम खनाल, हरिबहादुर थापा, प्रतिक प्रधान, भाषविज्ञ शरदचन्द्र वस्ती लगायतको सहभागिता रहेको थियो ।

Image may contain: 3 people, people sitting and indoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button