तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेटबाट बाहिरियो

काठमाडौं । नेपाल थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधबार दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल एक खेल अगावै एसिया कप छनोट यात्राबाट बाहिरिएको हो ।

सिंगापुरले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पक्ष्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाउन अलआउट भयो ।

सिंगापुर लगातार तीन जितसँगै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान बनाएको छ ।

पाँच टोली सहभागि इस्टर्न रिजनमा शीर्ष दुई टोली एसिया कपको लागि छनोट हुने छन् । अव मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन् । मलेसिया र हङकङको समान ४–४ अंक छ ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । बुधबार नेपालले थाईल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button