तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशन गरेर पार्टीलाई संगठित बनाउनु पर्नेमा पद वाडेर विभागहरु गठन गर्नु गलतः पौडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गरेर पार्टीलाई संगठित बनाउनु पर्ने वेलामा पद वाडेर विभागहरु गठन गर्नु उपयुक्त नहुने वताउनुभएको छ ।

कृष्णप्रसाद कोईराला स्मिृती परिषदले विराटनगरमा आज गरेको सम्मान कार्यक्रममा उहाले कांग्रेस पार्टीलाई जनताको भरोसाको पार्टी वनाउन नेतृत्व तह लाग्नु पर्नेमा जोड दिनुुभयो ।

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा भातृ संगठनहरुको निर्वाचन गराएर गाँउ तथा जिल्ला स्तरमा महाधिवेशनको तयारीमा लाग्नु आवश्यक रहेको उहाले वताउनुभयो । नेता पौडैलले विधि र प्रकिृया विपरित पार्टी अघि वढेकाले आफुले त्यसको विरोध गरेको बताउनुभयो ।

उहाले राजनीतिक अवस्थाका कारण जनतामा नैरश्यता छाएकाले जनताको निराशालाई आशामा परिणत गर्न कांग्रेस एकतावद्ध भएर अघि वढनुु पर्ने वताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई भ्रष्टाचारमुक्त र पार्टीलाई विकृति मुक्त बनाउने अभियान शुरु गरेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button