तपाईँ सुन्दै हुनुहुन्छः

हिमा र कनकासुन्दरी गाउँपालिकामा १५ शैयाको अस्तपाल निर्माण हुदैँ


जुम्ला । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने व्यवस्था छ ।

स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघियताको मुल्य र मर्म थियो । सोही अनुसार कर्णालीका स्थानीय तहले गाउँगाउँमा अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शैयाको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था अनुसार जुम्लाका दुई स्थानीयतले अस्पताल निर्माण प्रक्रिया अघि बढाएका हुन् । जसमा यहाँको कनकासुन्दरी र हिमा गाउँपालिकामा १५÷१५ शैयाको अस्पताल बन्ने पक्का भएको छ ।

कनकासुन्दरी गाउँपालिकाको हाडसिंजा र हिमा गाउँपालिकाको कालिकाखेतुमा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया थालिएको हो ।

हाडसिंजा इलाका स्वास्थ्य चौकी र हिमाको प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतुलाई स्तरोन्नती गरी १५ शैया क्षमताको अस्पताल निर्माण गरिने छ ।

संघिय सरकारको ८० प्रतिशत र स्थानीय तहको २० प्रतिशत लगानीमा अस्पताल बनाउन लागिएको हो । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहिले भन्नुभयो, १५ शैयाको अस्पताल निर्माण लागि पाँच हजार वर्गमिटर जग्गा आवश्यक पर्ने प्राविधिक स्टमेट छ । निःशुल्क रुपमा जग्गा उपलब्धका लागि स्थानीयसँग अन्तिम छलफल भईरहेको अध्यक्ष शाहीको भनाई छ ।

यता कनकासुन्दरी गाउँपालिकाको हाडसिंजामा अस्पताल भवन निर्माणका लागि स्थानीयले ७ रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएपछि अस्पताल निर्माणको बाटो खुलेको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतको भनाई छ । उहाँका अनुसार स्थानीय रवीलाल आचार्य र नाना आचार्यलगायत स्थानीयले झण्डै ३० लाख मूल्य बराबरको जग्गा अस्पताल निर्माणका लागि दान गरेका छन् । इलाका स्वास्थ्य चौकी हाडसिंजाका इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले अस्पताल प्रयोजनका लागि तीन वटा भवन निर्माण हुने बताउनुभयो । संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’को मान्यता बमोजिम अस्पताल निर्माण गर्न लागिएको इन्चार्ज उपाध्यायले बताउनुभयो ।

अस्पताल निर्माणका लागि गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता भएको थियो । अस्पतालमा आवश्यक उपकरण आइसकेका छन् । जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख बराबरको ल्याबको सामान स्वास्थ्य चौकीमा पुगिसकेको छ ।

ल्याबको सामान ढुवानी गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । ‘अस्पताल निर्माणको प्रक्रियासमेत अघि बढिसक्यो, उपाध्यायले भने, ‘गाउँगाउँमा औषधि अभावले बिरामीको बेहाल छ । उहाँले भन्नुभयो, यो अस्पताल निर्माणपछि यहाँ भित्रिने पर्यटकलाई समेत सहज हुनेछ ।

सामान्य विरामीलाई पनि सदरमुका जानुपर्ने बाध्यताबाट मुक्ति पाईने छ । हिमा र कनकासुन्दरी सहित जुम्लाका अन्य ६ स्थानीयतह पनि अस्पताल निर्माणको प्रक्रियाा रहेको बताएका छन् । भने, कर्णालीका अन्य स्थानीयतहका पनि अस्पताल बन्ने क्रम चलिरहेको छ । गाउँमै अस्पताल निर्माण पछि स्वास्थ्यसेवा लिन सहज हुने नागरिकको आसा छ ।

कर्णालीमा (ट्रमा सेन्टर) निर्माण हुदैँ
कर्णाली राजमार्गअन्तगर्त दैलेख जिल्लाको आठबीस नगरपालिकास्थित राकम कर्णालीमा एक सय शैयाको (ट्रमा सेन्टर) निर्माण हुने सम्झौता भएको छ ।

अस्पताल निर्माण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर एकसय शैयाको (ट्रमा सेन्टर) सेन्टर निर्माण गर्ने पक्का भएको छ ।

अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबीच द्विपक्षीय सम्बन्ध बिस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी दुई पक्षले अस्पताल निर्माण तथा सञ्चालन गर्ने उद्देश्यले सहकार्य भएको प्रतिष्ठानका निर्देशक गोसाईले बताउनुभयो ।

तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्यावका सामग्री तथा चिकित्सकको सेवा सुविधाको व्यवस्था नगरपालिकाले र चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन प्रतिष्ठानले गर्ने छ ।

(ट्रमा सेन्टर) निर्माणका लागि नगरपालिकाले एक सय पााँ रोपनी जग्गा उपलब्ध गराएको छ । भने, राकम कर्णालीमा निर्माण हुने (ट्रमा सेन्टर) अस्पतालबाट अछाम, दैलेख, कालिकोटलगायत कर्णाली प्रदेश र आसपासका जनताले प्रत्यक्ष लाभ लिन सक्ने छन् ।

प्रतिष्ठानले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र एमडीजिपी तहको पठनपाठनका लागि आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button