तपाईँ सुन्दै हुनुहुन्छः

एम एफ सि दार्जिलिङ माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश

इलाम । एम एफ सि दार्जिलिङ माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा दार्जि्लिङले झापा ११ लाई २– १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हाम्रा इलाम संवाददाता सविता पाण्डलेले जनाएकी छन् ।

दार्जिलिङको जितमा पिनसाइ लाथोङले २ गोल गरे भने झापा ११ को तर्फबाट सरोज कार्कीले सान्तोना १ गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच दार्जी्लिङका पिनसाइ लाथोङ बने । उनले नगद १० हजार रुपैया प्राप्त गरे ।

आइतबार नेपाल आर्मी र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button