तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा उत्पादन हुने कृषि उपज राजमार्गमै पाइने

कालीकोट । कर्णालीमा उत्पादन हुने कृषि उपजहरु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् ।

कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो ।

कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरू, तिला कर्णालीका असला माछाको सुकुटी लगायतका खाद्यान्नको सहज उपलब्धताका लागि कर्णाली राजमार्गका विभिन्न स्थानमा कोसेली घर स्थापना हुने भएका छन् ।

कृषि उपजका वस्तु बजारीकरणका लागि कर्णाली राजमार्गमा तिलागुफा नगरपालिकाले कोसेली घर स्थापना गर्ने अभियान नै थालेको हो । स्थानीय उत्पादन बजारीकरणका लागि राजमार्गका छेउमा करिब १५ घर स्थापना हुन लागेका छन् ।

कोसेली घर स्थापनाले युवालाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै कर्णालीका कृषि तथा खाद्य वस्तुहरू उत्पादनमा वृद्धि गर्ने उद्देश्य नगरपालिकाले राखेको छ ।

कर्णालीमा उत्पादन हुने फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरू, तिला कर्णालीका असला माछाको सुकुटी कोसेली घरमा राखेर बिक्री गर्ने तयारी थालिएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button