९१ हजार नगदसहित आठ जुवाडे पक्राउ

झापा । झापाको गौरादह ९ बैगुन्धुरास्थित दिनेश पोखरेलको घरमा जुवा खेलिरहेका आठ जनालाई प्रहरीले नगद ९१ हजार र कौडासहित पक्राउ गरेको छ ।
पोख्रेल निर्वाचित वडा सदस्य हुन् । पक्राउ पर्नेहरुमा स्थानीय बिद्यालयका दुई जना प्रधानाध्यापक तथा शिक्षक नेतादेखि पार्टी नेतासम्मका रहेका छन् । सो समयमा वडा सदस्य पोखरेल भने घरमा नभएको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार हिजो राती करिव साढे १० बजे स्थानीयले प्रहरीलाई जुवा खेलिरहेको गोप्य सुचनाका आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा स्थानीय अमर माविका प्रधानाध्यापक गोपाल पोखरेल, लेखनाथ आधारभुत विद्यालयका प्रधानाध्यापक रामबहादुर ढुंगाना, तत्कालिन नेकपा एमालेका बैगुनधुरा अध्यक्ष नेत्र पोखरेल, ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, महेश निरौला, रोहित बस्नेत, र गोपाल ढकाल रहेका छन् ।
उनीहरुलाई पूर्व पश्चिम राजमार्गबाट करिब २१ किलोमिटर दक्षिण दुरीमा रहेको गाउँमा पर्ने पोखरेलको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये प्रधानाध्यापक ढुंगाना नेपाली कांग्रेस निकट शिक्षक संघका नेता भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्