तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभामा भिडियो कन्फरेन्स स्थापना

धनगढी । सुदूरपश्चिम प्रदेश सभा परिसरमा स्थापना गरिएको भिडियो कन्फरेन्सको आज उद्घाटन गरिएको छ ।

सभामुख अर्जुनबहादुर थापाले एक कार्यक्रमका बीच उक्त भिडियो कन्फरेन्सको उद्घाटन गर्नुभयो । सभामुख थापाले भिडियो कन्फरेन्स स्थापनाबाट प्रदेश भरको सूचना आदनाप्रदानमा थप सहजता ल्याउने बताउनुभयो ।

प्रदेश सभामा स्थापना गरिएको भिडियो कन्फरेन्समार्फत सबै जिल्ला समन्वय समितिका प्रमुख लगायतसँग अब धनगढीबाटै कुराकानी हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button