तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा सुदूरपश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर आयोजना

धनगढी । कैलालीको तेघरीमा आज सुदूरपश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक समारोहका बीच उक्त सम्मेलनको उद्घाटन गर्नुभयो । उहाँले नेपाली सेना सैनिक कल्याणकारी कोषमार्फत भूतपूर्व सैनिक परिवारका लागि शिक्षा, स्वास्थ्य, सुविधा र रोजगार क्षेत्रमा लगानी गरिएको बताउनुभयो ।

नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजना भएको सम्मेलनमा नेपाली सेनामा उच्च अधिकारी, भूतपूर्व सैनिक तथा परिवारजन, सरोकारवालालगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा नेपाली सेनाले पु¥याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिनुका साथै यस प्रदेशको लोकसंस्कृति, भेषभूषा झल्कने झाकी प्रस्तुत गरिएको थियो ।

यसैबीच सेनाले सञ्चालन गरेको उक्त स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button