तपाईँ सुन्दै हुनुहुन्छः

बिराटनगरमा राष्ट्रिय बैज्ञानिक सम्मेलन शुरु

बिराटनगर । समृद्धिका लागि एकिकृत जैविकस्रोत भन्ने उदेश्यका साथ बिराटनगरमा आज देखि राष्ट्रिय बैज्ञानिक सम्मेलन शुरु भएको छ ।

दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका तिन सयभन्दा बढि जिब बैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता छ ।

सम्मेलनमा जैविक विविधतको महत्व चुनौती तथा जैविक विविधितालाई मानव बिकासका कसरी लैजाने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन गर्नुहुदैँ प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले समग्र प्रदेशको बिकाश र समृृद्धिका लागि वैज्ञानिकहरुको खोज तथा अनुुसन्धान उपयोगी हुने भन्दै सम्मेलनबाट आएका उपलब्धीलाई प्रदेश सरकारले कार्यान्वय गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान प्रविधीको बिकासलाई उच्च प्राथमिक्तामा राखेको उल्लेख गदै प्रदेश न १ का प्रदेश सरकारले पाँचवटा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको र बिभिन्न सामुदायिक बिद्यालयमा बिज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभयो ।

उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसैयतले बनस्पतीको स्रोत साधनमा नेपाल धनि देश भएकाले यसको सहि रुपमा व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

बन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जैविक विविधताको महत्वमाथी प्रकास पार्नुु भएको थियो ।

सम्मेलनमा जैविक विविधताको महत्व तथा चुुनौती सम्बन्धमा दुई सय १५ वटा कार्यपत्र प्रस्तुुत हुनेछ । बन तथा वातवारण मन्त्रालय , प्रदेश न १ उधोग , वन, पर्यटन तथा वातावरण मन्त्रालय, नेपाल बनस्पती समाज तथा नेपाल जैविक समाज बिराटनगरको आयोजनमा सम्मेलन आयोजनामा भएको सम्मेलनले बिराटनगर घोषणापत्र जारि गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button