वडा अध्यक्ष मृत फेला, हत्याको आंशका

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मृत अवस्थामा फेला परेका छन् । वडा अध्यक्ष पदम वहादुर धामी आज बिहान वडा नम्बर २ कै गैरीगाउँ भन्ने ठाउँको छिमेकीको गोठमा मृत अवस्थामा फेला परेका हुन् ।
सोमबार राती करिब १० बजेतिर विनायक बजारबाट घरतर्फ गएका धामी करिब २ किलोमिटर टाढा छिमेकीको भैंसी बाध्ने गोठमा मृत अवस्थामा फेला परेका अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो ।
भैंसी दुहुन गोठमा जाँदा शव देखेपछि आफन्तले प्रहरीलाई खवर गरेपछि प्रहरी घटनास्थल पुगेको हो ।
धामीको टाउको तथा हात खुट्टामा गहिरो चोट लागको प्रहरीले जनाएको छ । धामी हाल बसोबास गरिरहेको भन्दा विपरीत ठाउँको बाटोमा गएको पाईएको छ । घटनाबारे थप अनुसन्धानका लागि डिएसपी भारती लगायतको टोली घटनास्थलमा गएको छ । प्रारम्भिक अनुसन्धानबाट कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्