१४औं महाधिवेशनको बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्तावमाथि छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव पेश हुने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्