तपाईँ सुन्दै हुनुहुन्छः

प्राङ्गारिक कृषि मेला माघ १७ देखि

रासस । प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ ।

पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा ५० कक्ष रहने र मेलामा २०० भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका लागि राखिने आयोजकले जनाएको छ ।

४ दिनसम्म सञ्चालन गरिने मेला उत्पादनलाई निर्यातमुखी बनाउन पनि प्राङ्गारिक खेतीमा जोड दिने उद्देश्यले प्रचारप्रसारका लागि आयोजना गरिएको आयोजक समिति संयोजक शान्ता कोइरालाले बताउनुभयो ।

नेपाल अग्र्यानिक एसोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पछिल्लो समय उपभोक्ताले प्राङ्गारिक उत्पादन खोजे पनि सरकारले रासायनिक मल र विषादीजन्य पदार्थ आयातमा सहुलियत दिदा जैविक तथा वैदिक खेती प्रणालीलाई प्रभाव परिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button