तपाईँ सुन्दै हुनुहुन्छः

शिर्ष नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोग गठनका विषयमा आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो

छलफलमा नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेता खिमलाल देवकोटा नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र नेता रमेश लेखक  सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button