तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ तपोवनमा माघी मेला

बझाङ । बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघेसंक्रान्तीका दिन मेला लागेको छ । यहाँ जिल्ला भित्र र जिल्ला बाहिरका थुर्पै भक्तजनहरु यहाँ आएर पुजाआजा साथै तातोपानीका कुण्डमा स्नान गरेका छन् ।

यहाँको तातोपानीका कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछन् । कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रुहरु थुर्रै आउने गर्दछन् ।

तपावन तिर्थस्थलसम्म अहिले तल्कोट गाँउपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरु महिला÷पुरुषका लागि छुट्टाछुट्टै बनार्ई सजिलो पारेको हुदाँ यसको महत्व र आर्कषण बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button