साग अपडेट : नेपाललाई थप तीन स्वर्ण, उसुमा दुई र दुवाथोलनमा एक स्वर्ण
काठमाडौं । काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएका खेलमा नेपालले थप तीन स्वर्ण पदक जितेको छ । तीन स्वर्णसँगै नेपालको स्वर्ण संख्या १८ पुगेको छ । उसुमा नेपालले दुई स्वर्ण पदक जितेको हो । दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका छन् ।
मंगलबार लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।
विजयले ९.४८ प्वाइन्ट बनाएर विजयको माला पहि।्याउँदा बंगलादेशका मोहम्मद ओमारले ९.३४ प्वाइन्ट जोडेर रजत जिते । पाकिस्तानका मोहम्मद अब्दुलले काश्य जितेका छन् ।
यस्तै सुस्मिताले ९.४४ अंकका साथ स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत पदकमा चित्त बुझाउनु प¥यो । बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।
पोखरामा मंगलबार आयोजित दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्