तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा बलेरो दुर्घटना : दुईको मृत्यु

दोलखा । दाेलखाकाे शैलुङ ८ झाेरमनगाँउबाट रामेछापकाे दाेरम्बाकाे दहपताल जाँदैगरेकाे बलेराे दाेरम्बाकाे डढुवामा दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ भने ११ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा झाेरमनगाँउका भीमबहादु श्रेष्ठकाे अन्दाजि ११ बर्षिय छाेरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठकाे छाेरी अन्दाजी ७ बर्षिय सुवानी श्रेष्ठ रहेकाे घट्नाका प्रत्यक्षदर्शी स्थानिय दिपेश श्रेष्ठले बताउनु भयाे । घट्नामा चालक मनाेज पाण्डे सहित ११ जना घाईते भएका र उनीहरूकाे काठमाण्डाैँमा उपचार भै रहेकाे दिपेशले बताउनु भयाे । अन्य घाईतेमा झाेरमनगाँउका करिब २४ बर्षिय लालमाया श्रेष्ठ, २३ बर्षिय मानकुमार श्रेष्ठ, ८ बर्षिय यूनिया श्रेष्ठ, ५० बर्षिय केन्द्रबहादुर श्रेष्ठ, १३ बर्षिय बिनबहादुर श्रेष्ठ, २६ बर्षिय लक्ष्मी श्रेष्ठ, १० बर्षिय इच्छा श्रेष्ठ, ६ बर्षिय सुक्रिया श्रेष्ठ, ८ बर्षिय सुमिर श्रेष्ठ र विमला श्रेष्ठ रहेका छन् ।

डढुवामा नेवार समुदायकाे क्षवर कार्यक्रमकाे लागि हिडेका नातेदारहरू चढेकाे बा १३ च ७०९५ नम्बरकाे बलेराे साेमबार साँझ कच्चीबाटाेबाट डढुवाकाे खाेचमा झण्डै तीनसय मीटर तल खसेकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button