प्रदेशको समृद्धिका लागि उद्योगको विकास आवश्यक : मन्त्री यादव

जनकपुरधाम – उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले प्रदेश नंं २ को समृद्धिका लागि उद्योण वाणिज्य क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ ।
उद्योगमन्त्री यादवले धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको नाथ पट्टीमा नेकपाका नेता भोला गोईत यादवको पाँचौ स्मृति दिवसमा आज आयोजना गरिएको सभामा बोल्दै प्रदेशमा भएका रुग्ण तथा बन्द उद्योग सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो ।
उहाँले उद्योगको विकासले नै बेरोजगारी समस्याको समाधान हुने भएकाले उद्योगको विकासमा कुनै पक्ष अवरोधक बन्न नहुने बताउदै प्रदेशको समृद्धिको आधार, उद्योग, पर्यटन तथा कृषि रहेको बताउनुभयो ।
आपूर्तीमन्त्री यादवले धनुषा जिल्लाको महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको भण्डारन गर्ने क्षमताको विस्तारका लागि संघीय सरकारले कामकाज अगाडि बढाईसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपाका नेता रामचन्द्र झाले प्रदेश नंं २ को समृद्धिका लागि वर्तमान सरकारले ईमान्दारी पूर्वक आफ्नो कामकाज अगाडी बढाएको बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य रत्नेश्वरलाल गोईतको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्री यदुवंश झा, सुधिर साह, दिपक यादव सहितका वक्ताहरुले भोला यादवको योगदान माथि प्रकाश पारेका थिए ।








प्रतिक्रिया राख्नुहोस्