तपाईँ सुन्दै हुनुहुन्छः

‘सन्दर्भ व्याजदर कार्यान्वयन नगर्ने सहकारीको दर्ता खारेज हुने’

काठमाडौं । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले निर्धारण गरेको सन्दर्भ व्याजदर कार्यान्वयन नगर्ने सहकारीहरूको दर्ता खारेजी हुने बताउनुभएको छ ।

सहकारी पत्रकार संघले सन्दर्भ व्याजदर कार्यान्वयनको सम्बन्धमा आज काठमाडौमा गरेको सरोकारवालाहरूसँगको छलफलमा सचिव गौतमले सरकारले निर्धारण गरेको १६ प्रतिशत भन्दा बढी व्याज लिने सहकारीको दर्ता खारेज हुने बताउनुभयो ।

सचिव गौतमले स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई सहकारीको अनुगमनको जिम्मा दिई देशैभरीका सहकारीहरूमा सन्दर्भ व्याजदर लागु गरिने बताउनुभयो ।

सहकारी ऐन २०७४ अनुसार गठित सन्दर्भ व्याजदर निर्धारण समितिले यही श्रावण १९ गते सहकारीहरूले बचत र ऋणको व्याजदरको अन्तर ६ प्रतिशत भन्दा बढी नहुने गरी लगानीमा अधिकतम १६ प्रतिशत मात्रै व्याज लिन पाउने निर्णय गरेको थियो ।

तर, सरकारको निर्णयले सहकारीको स्वायत्ततामाथि हस्ताक्षेप गरेको भन्दै केही सहकारी अभियान्ताहरूले विरोध जनाईरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button