तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिमार्फत आर्थिक बिकासको दिशामा लाग्नुपर्छ : नेता नेपाल

भक्तपुर –नेपाल कम्युनिष्ट पार्टीका बरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समष्टिगत बिकास आजको आवश्यकता भएको बताउँदै अब विकास र समृद्धिमार्फत आर्थिक बिकासको दिशामा लाग्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरको सरस्वती खेलमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बरिष्ठ नेता नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताउँदै अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताउँदै उहाँले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताउनुभयो ।

नेपालमा विकासका अनेक संभावना रहेको बताउँदै उहाँले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समाबेशी र समतामुलक बिकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उहाँले मतदातासँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button