रुबिना क्षेत्रीको कप्तानीमा साग खेल्ने महिला क्रिकेट टिमको घोषणा
काठमाडौं। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि रुबिना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।
नेपालका लागि तीन वैकल्पिक खेलाडी समेत छनोट गरिएको टिममा रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा ज्योति पाण्डे, संगीता राई, अस्मिना कर्माचार्य रहेका छन् ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ । साग अन्तर्गत क्रिकेटमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।







प्रतिक्रिया राख्नुहोस्