‘सीमा विवादको समाधान कूटनीतिक तवरबाट खोजिनु पर्ने’

धनगढी – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेकलगाएका सीमाका सम्बन्धमा देखिएको विवादको समाधान कूटनीतिक तवरबाट खोजिनु पर्ने बताउनु भएको छ ।
आज धनगढी बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै सभापति देउवाले सडकमा नाराजुलुस गरेर समस्याको समाधान नहुने बताउनुभयो ।
सभापति देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा काँग्रेसको कुनैदलँंग तालमेल नरहेको बताउनुभयो ।
सभापति देउवाले नेविसंघको नेतृत्व चयन चाँडै हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्