तपाईँ सुन्दै हुनुहुन्छः

एक किलो नक्कली सुनसहित तीन जना पक्राउ

बारा – बारा प्रहरीले नक्कली एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीको कमाण्डमा खटिएको प्रहरीको टोलीले पथलैयामा मोटरसाईकलमा आउँदै गरेको ओम प्रकाश कुवरलाई नक्कली सुनसहित पक्राउ गरेको हो ।

निजगढबाट पथलैयातर्फ ना २२ प ३४४५ नम्बरको मोटरसाईकलमा आउँदै गरेका कुवरलाई पथलैयामा प्रहरीले चेकजाँच गरेको थियो । पक्राउ परेका ४० बर्षिय कुवर निजगढ नगरपालिका वडा नं.११ रत्नपुरीका बासिन्दा हुन् । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय सिमराले पथलैयास्थित पेट्रोल पम्पमा एक हजार पाँच सय रुपैयाको नक्कली नोट दिने एक जनालाई पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयास्थित रहेको नेपाल प्रहरीको पेट्रोल पम्पमा ना ६ ख ३३५२ नम्बरको ट्रकमा तेल हाली दिएको रकम एक हजार र पाँच सयको नेपाली रुपैया नक्कली देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं.२ बस्ने ३६ बर्षिय चालक गोकर्ण खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा चालकले उक्त रकम चितवनमा मालसमान पुरयाउँदा साहुँ चितवन भरतपुर नगरपालिका बस्ने बर्ष ३३ का गुड्डु कुमार गुप्ताले उक्त रकम दिएको बयान दिएका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराले चालक खतिवडा र गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button