ट्रयाक्टरको ठक्करबाट बालक घाइते

अछाम– ट्रयाक्टरको ठक्करबाट अछामको साँफेबगरमा एक बालक घाईते भएका छन् ।
एयरपोर्ट बजारबाट छिपेखोला तर्फ जाँदै गरेको भे १ त ९५२६ नंं ट्याक्टरले ठक्कर दिदा स्थानीय अशोक बिकका छोरा आयूष विककको मंगलबार बेलुकी दुईटै खुट्टामा चोटलागेको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपती भट्टले जानकरी दिनु भएको छ ।उक्त ट्याक्टर चौरपाटी गाउँपालिका १ का भरत शाहको रहेको जनाईएको छ ।
ट्याक्टर चालक चौरपाटी गाउँपालिका ५ लुंग्राका राम साउँद र ट्याक्टरलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको ईलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्