पैगम्बर मोहम्मदको सम्झनामा शान्ति र्याली

सुनसरी – सुनसरीका मुस्लिम समुदायले ईस्लाम धमर्का प्रवर्तक हजरत पैगम्बर मोहम्मद जन्मदिनको अवसरमा बृहद र्याली निकालेका छन् ।
मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा मुस्लिम बाहुल्य रहेको सुनसरीको भारतीय सीमावर्ती गाउँपालिका हरिनगर सहितका क्षेत्रमा शान्ति र्याली निकालिएको छ । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर महम्मदको सम्झनामा शान्ति र्यालीको आयोजना गरिएको हो ।
सुनसरीका मुस्लिम समुदायले शान्ति र भाईचाराको कामनासहित आपसमा खुशी साट्दै पैगम्बर महम्मदको जन्मदिन मनाएका हुन् ।
सुनसरीका विभिन्न मदरसाबाट भेला भई निस्केकोे र्यालीले स्थानीय बजार तथा गाउँघरको परिक्रमा गरेको थियो । महम्मद पैगम्बर जसलाई ईस्लाम धर्मावलम्बीहरुले सल्लल्लाहु अलैही बसल्लम भन्ने गर्दछन ।






प्रतिक्रिया राख्नुहोस्