तपाईँ सुन्दै हुनुहुन्छः

सीमा मिचेको विरोधमा वीरगंजमा प्रदर्शन

बीरगंज – भारतले सिमा मिचेको बिरोधमा आज अपरान्ह सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियु र युवा संघले आज वीरगंजस्थित भारतीय महावाणिज्य दुतावास अगाडी प्रदर्शन गरेका छन् ।

युवा विद्यार्थीहरुले प्रदर्शन गर्दा दुतावास अगाडी केही बेर तनाव भएको थियो । अनेरास्ववियुका उमेश गुप्ताको नेतृत्वमा मित्र देव यादव, अखिलेश यादव लगायतका विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।

यसैगरी नेपाल विद्त परिषद , नेपाल राष्ट्रवाद संघ र शिव सेना नेपाल लगायतका संस्थाहरुले समेत आज
अपरान्ह वीरगंजको घण्टाघर चोकमा लिपुलेक, कालापानी लगायत नेपाली भूभाग भारतले मिचेको विरोधमा भारतको राजनैतिक नक्साका जलाएका छन ।

विद्त परिषदका नारायणी अञ्चल संयोजक एवं केन्द्रिय सदस्य नरेश राज गिरीको नेतृत्वमा भेला भएका राजावादीहरुले नेताहरुको कारण देशको सिमाना मिचिदै गएको र भारतीय विस्तारवादले नेपाललाई संकटमा पार्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button