एमसीसीद्वारा नेपालले पायो १९० रनको लक्ष्य
काठमाडौं। नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले नेपालको मिक्स टिमविरुद्ध टी–ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर ब्याटिङ गरेको एमसीसीले नेपाललाई १९० रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनायो ।
एमसीसीका लागि बिल्ली गोडलम्यानले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै एड योङले ४२ रन तथा माइल्स हेमण्डले २९ बनाए ।
रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको नेपालका लागि राशिद खानले सर्वाधिक ३ विकेट लिए ।








प्रतिक्रिया राख्नुहोस्