तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भारत विरुद्ध बिद्यार्थी आन्दोलित

तनहुँ – भारतले नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेको भन्दै तनहुँको विद्यार्थीहरु आन्दोलित भएका छन् । नेपाल भारतको सिमानामा पर्ने कालापानी लिपुलेक लगायतको भूमि अतिक्रमण गरेको भन्दै भारत विररुद्धको नारासहित जिल्लामा विभिन्न राजनितिक दलका विद्यार्थी भातृसंगठनहरु आन्दोलित भएका हुन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराका विद्यार्थीहरु भारतले केही दिन अघि सार्वजनिक गरेको नक्साको विरोधसहित आन्दोलित भएका छन् । नेकपा निकट अनेरास्ववियु भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीहरुले सिमा मिच्न नपाइने भन्दै भारतीय पक्षको चर्काे विरोध गरेका छन् । उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद, भारतको दादागिरी कति सहनु, नेपाली भूमि मिच्न पाइदैन, यस्ता छिमेकी चाँहिदैन्, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो लगायतका नारा लगाएका थिए ।

विद्यार्थीहरुले क्याम्पसदेखि बेलचौतारा, गल्छिना हुदै दुलेगौडासम्म नारा लगाएर भारतले चालेको कदमको एकजुट भई डटेर सामाना गर्न सबै नेपालीहरुलाई आग्रहसमेत गरेका थिए । बिपिचोकमा कोणसभासहित सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु क्याम्पसका अध्यक्ष श्रीराम मरासेनी, सचिव सुसान पौडेल लगायतले बोल्नुभएको थियो ।

यस्तै दमौलीमा पनि नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ आदिकवि भानुभक्ता क्याम्पसका विद्यार्थीहरु नेपाली भूमि समेटेको नक्सा स्थगित गर्नुपर्ने भन्दै बिरोध प्रदर्शनमा उत्रिएका छन् । दमौली बजारमा नेविसंघका बिद्यार्थीहरुले “ब्याक अफ इन्डिया”को नारा लगाउदै भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई रोकेर बिरोध जनाएका छन् । उनीहरूले ‘लिपुलेक, कालापानी नेपालको हो’,‘भारतीय विस्तारवाद मुर्दावाद !’,‘सम्पूर्ण नेपाली एक हौं’ लगायतका नारा लगाएका थिए ।

विरोध कार्यक्रममा नेविसंघका विद्यार्थी नेताहरु दुर्गा भण्डारी, गौरव पन्थ, सुरदर्शन पोखरेल लगायत बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button