तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

झापा । सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

१० वटा टिम सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button