तपाईँ सुन्दै हुनुहुन्छः

नवील बैंकले ३४ प्रतिशत लाभांश दिने  

काठमाडौँ –  नवील बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर रु २२ वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button