नौबिसे,नागढुङ्गा सवारी जामले लियो ३५ वर्षीय रुपलालको ज्यान !
काठमाडौं । लामो समय देखि नेपाली जनताजामको मारमा परेको भए पनि वैकल्पिक माध्यम नहुँदा धेरै समस्या खेप्नु परेको छ । यो बीचमा सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भयो । साह मृगौलाका बिरामी हुन् । नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएका छन् । चाडपर्वको समयमा यस्ता खालका जाम नेपालीहरुले भोग्दै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्