तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु नियन्त्रणका लागि जनचेतना मुलक र्याली तथा वृहत सरसफाइ कार्यक्रम

बीरगंज– बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा डेंगुको प्रकोप फैलिदै गर्दा नियन्त्रणका लागि जितपुर सिमरा उपमहानगरपालिका लगायतका स्थानिय तह सक्रिय भएका छन् ।

आज जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ को डुमरबानामा डेगु बिरुद्धको जनचेतना मुलक ¥याली तथा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

¥याली तथा सरसफाई एवं चेतनामुलक कार्यक्रमको शुभारम्भ प्रदेश सभा सदस्य ज्वाला साह र जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले संयुक्त रुपमा गर्नु भएको थियो । सो अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, उद्योगी व्यवसायी, स्थानिय वासिन्दा, शिक्षक, विद्यार्थीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

त्यसैगरी आजै जितपुर सिमरा उपमहानगरपालिकामा डेंगु नियन्त्रणका लागि स्प्रेगन मार्फत औषधी छर्ने काम समेत शुरु भएको छ ।

नगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले लामखुट्टे मार्नका लागि औषधी छरेर डेंगु नियन्त्रण अभियानको शुभारम्भ गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button