तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर मध्यम वर्षा हुने संभावना,यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर अवस्थित छ र नेपालतर्फ सर्दैछ ।

यस्तो छ महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण १८ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते आईतबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाहुने संभावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २० गते सोमबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्व थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button