काँकरभिट्टा नाकाबाट कोइला आयात ठप्प
रोहित काफ्ले, झापा । विगत चार महिनादेखि पूर्वी सिमाना काँकरभिट्टा नाकाबाट कोइला आयात ठप्प भएको छ । मेची भन्सारको राजश्वको मुख्य स्रोत कोइलाको आयात ठप्प भएपछि राजश्व संकलन समेत प्रभावित भएको छ ।
भारततर्फको पानीट्यांकी कस्टमले नाकामा विभिन्न झञ्झट श्रृजना गरेका कारण गत माघदेखि कोइला आयात बन्द भएको कोइला व्यवसायी सन्तोष आचार्यले बताउनु भयो ।
भारतको असम–मेघालयबाट कोइला बोकेर आएका सयौं ट्रक चार महिनादेखि पानीट्यांकी नाकामा रोकिएका छन् ।
पानीट्यांकी कस्टमले कोइलाको फर्जी बील पेश गरेको भन्दै कोइला बोकेका गाडी रोकेको जनाइएको छ ।
कोइला आयात ठप्प भएपछि मेची भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको भन्सार प्रमुख टेकबहादुर अर्यालले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्