तपाईँ सुन्दै हुनुहुन्छः

जुगल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पठनपाठन सुचारु हुने

सिन्धुपाल्चोक -जुगल गाउँपालिका भित्रका सबै विद्यालयहरू आइतवारवाट सञ्चालनमा आउने पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले वताउनु भएको छ ।

आजको विद्यालयका प्रधानाध्यापक सहितको वैठकले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सिकाइ सहजिकरण गर्ने निर्णय गरेको हो ।

पालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणको जोखिम कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालय खोल्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जुगल गाउँपालिका भित्र ४२ वटा विद्यालय रहेका छन । गाउँपालिकाले जिल्ला वाहिरबाट आउने शिक्षकहरूको भने अनिवार्य पिसिअर चेक जाँच गरेको रिपोर्ट सहित असोज ११ गते भित्रमा गाउपालिकामा आउन समेत सुचित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button