तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार आरोपित फरार शिक्षक पक्राउ

कपिलवस्तु । ४ महिना अघि बलात्कारको आरोप लागेका फरार भएका शिक्षक पक्राउ परेका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका स्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको महाराजगञ्ज नगरपालिका–२ उनवलियाकी १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेपछि उनी ४ महिना अघि फरार भएका थिए ।

गत जेठ १२ गते शिक्षकले राति काम छ भन्दै बालिकालाई बोलाएर करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ । लुकीछिपी बस्दै आएका लोहारलाई आइतबार पक्राउ गरीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो । लामो समयको खोजवीन पश्चात् लोहारलाई पक्राउ गर्न सफल भएको हो ।

शिक्षकले घरको पछाडि पुर्याई जर्वजस्ती करणीपछि परिवारले बालिकालाई बेहोश आवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । पीडीत बालिकाका परिवारले शिक्षकविरुद्ध किटानी जाहेरी समेत दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button