कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द
टीकापुर कैलाली । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सेवा बन्द गरेको छ ।
कार्यालयमा कार्यरत एक पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जानकारी दिनुभयो ।
कार्यालयका अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले आजदेखि ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख केसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्