तपाईँ सुन्दै हुनुहुन्छः

गत २४ घण्टामा उपत्यकामा ६ सय ४७ जनामा कोरोना सङ्क्रमण 

काठमाडौं । उपत्यकामा आज थप ६ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना गरी आज उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button