जोकोभिच इटालीयन ओपनको फाइनलमा प्रवेश
काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभक जोकोभिच इटालीयन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
चार पटकका च्याम्पियन सर्बियन खेलाडी जोकोभिचले क्यास्पर रुडमाथि दुइ सेटको सहज जित हात पारेका हुन् । उनले पहिलो सेट सात पाँचले जित्दा दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा बनाएका हुन् ।
अब फाइनल खेलमा उनले अर्जेन्टाइन खेलाडी डियगो स्कर्जमनसँग प्रतिस्पर्धा गर्नेछन् । स्कर्जमनले क्यानेडियन खेलाडी डेनिस साफोभलोभलाई तीन सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्