तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका भवन निर्माणका लागि करोडौँको जग्गा दान

जुम्ला । गाउँपालिकाको भवन निर्माणका लागि तातोपानी गाउँपालिका वडा नं.३ का स्थानीयले जग्गा दान गरेका छन् ।

एक करोडभन्दा बढी मुल्य पर्ने खेतीयोग्य जमिन पालिकाको भवन निर्माणका लागि निःशुल्क दिन स्थानीय सहमत भएका हुन् ।

पहिलो चरण र दोस्रो चरणमा गरी ६ हजार वर्ग मिटर जग्गा निःशुल्क दिने मन्जुरीनामा र पालिका भवन निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भए अनुसारको जग्गा उपलब्ध गराउने सहमती भइसकेको छ ।

तातोपानी गाउँपालिका–३ का करिब २२ जना स्थानीयले पालिका भवन निर्माणका लागि करोडौँ पर्ने जग्गा दान दिएका हुन् ।

जग्गा दानमा गर्नेमा तातोपानी–३ का सर्पे कार्की, हस्त कार्की, मनि कृष्ण कार्की, राम बहादुर कार्की, आईते सार्की, मुनविर भण्डारी, मुन बहादुर रावल, शक्ति सार्कीलगायत २२ जना स्थानीय रहेका छन् ।

लामो छलफल तथा परामर्शपछि उनिहरु पालिकालाई जग्ग्गा दान दिन तयार छौँ, प्रक्रिया अगाडी बढाउन भनेर वडा कार्यालयमा मन्जुरी नामा समेत पेश गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पालिकाको नाममा जग्गा ल्याउनु पहिले प्रमुख जिलला अधिकारीको अध्यक्षतामा बैठक बस्ने प्रावधान छ, असोज ५ गते बैठक बसे पश्चात पालिकाको नाममा पहिलो चरणमा ५५ सयदेखि ६ हजार वर्गमिटर जगाा नामसारी हुने भएको छ ।”

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गाउँपालिका भवन निर्माणका लागि कम्तीमा १३ हजार वर्गमिटरर जग्गा अनिवार्य हुनुपर्ने मापदण्ड तोकेको छ ।

सोही अनुसार तातोपानी–३ का स्थानीयले पनि पालिकालाई चाहिने जतिकै जग्गा उपलब्ध गराउने बाचा गरेका छन् ।

तातोपानी–३ का वडाध्यक्ष डिल्ली रावल् भन्नुभयो, “पहिलो चरणमा ६ वर्गमिटर जति जग्गा पालिकाको नाममा ल्याउने अन्तिम तयारी छ । दोस्रो चरणमा दिन सहमति जुटिसकेको छ । तर जग्गाा नाममा भएका व्यक्ति बाहिर भएकाले रोकिएको छ । केही महिनामै जग्गा प्रक्रिया टुंगो लाग्ने छ ।”

पेश नेपाल र स्याउ सुपरजोनले एक करोड बराबरको भवन निर्माण गर्ने तयारी थालेकाले छिट्टै जग्गा पास गरेर भवन निर्माणलाई अघि बढाउने तयारी समेत भइरहेको वडाध्यक्ष रावलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button