तपाईँ सुन्दै हुनुहुन्छः

प्याजको कालाबजारी गरेको आरोपमा ४ व्यापारी कारवाहीमा

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले आज प्याजको कालाबजारी तथा मुल्य वृद्धि गरी विक्री वितरण गरेको आरोपमा माईस्थानको एउटा पसल सिल गरेको छ भने ४ वटा पसलका संचालकलाई तत्काल जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटेको छ ।

उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका स्थित माईस्थान बजारमा अनुगमनको क्रममा प्याजको कालाबजारी तथा मुल्य वृद्धि गरि विक्री वितरण गरि रहेको सूचनाको आधारमा ४ वटा पसललाई कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यसैबीच, प्रशासनले आज एक सूचना जारी गर्दैै प्याजको कालाबजारी तथा मुल्य वृद्धि गरी विक्री वितरण गर्ने जो सुकैलाई कडा भन्दा कडा कारवाही गरिने जनाउदै प्याजको सञ्चिती गरी कालाबजारी, मुल्य वृद्धि गरी विक्री वितरण गरिएको पाईएमा तत्काल प्रशासनमा सूचना दिन नगरवासीलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button