उपत्यकामा थप छ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा आज थप छ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप छ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरूमा काठमाडौँमा पाँच सय ५५ जना, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना गरी आज उपत्यकामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसै गरी आज देशभर चार सय ४६ जना महिला र एक हजार १३ जना पुरुष गरी एक हजार चार सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५६ हजार सात सय ८८ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्