अमेरिकाको पश्चिमी राज्यहरुमा सल्केको डढेंलाका कारण ३५ को मृत्यु
क्यालिफोर्निया । विगत चार हप्तादेखी अमेरिकाको पश्चिमी राज्यहरुमा सल्केको डढेंलो विश्वव्यापी मौसम परिवर्तनका कारण लागेको भन्ने टिप्पणीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गर्नुभएको छ ।
अमेरिकाको ओरेगन क्यालिफोरनिया तथा वासिङ्गटन राज्यहरुको करिब २० लाख हेक्टर जमिनमा लागेको डढेलोका कारण हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
क्यालिफोर्नियाको डढेंलो प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुँदै राष्ट्रपति ट्रम्पले डढेंलाको कारण मौसम परिवर्तन नभई कमजोर वन व्यवस्थापन भएको बताउनुभएको छ ।
यसैवीच, आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडनले भने जलवायु परिवर्तनबारे ठोस कदम चाले अमेरिकाले यस्ता धेरै डढेंलोहरु देख्नु पर्ने बताउनुभएको छ ।
नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा विश्वव्यापी जलवायु परिवर्तन ठूलो मुद्दा हुने, अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ







प्रतिक्रिया राख्नुहोस्