सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो
सिन्धुपाल्चोक । बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ । आज घुम्थाङ भीरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
योसँगै ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिबार राति गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को घुम्थाङ भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् ।






प्रतिक्रिया राख्नुहोस्