उपमहानगरको स्वास्थ्य शाखा प्रमुखसहित बाँकेका १२ जनामा कोरोना

बाँके । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुखसहित बिहीबार बाँकेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिएका राम बहादुर चन्दसहित नेपालगन्जका १०, कोहलपुर र जानकीका १/१ जनामा संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बर्दिया र महेन्द्रनरगका १÷१ जनामा समेत संक्रमण देखिएको छ । लकडाउन सुरु हुनुभन्दा अघिदेखि नै कोरोना विरुद्धको अभियानमा सक्रिय भएर खटिएका चन्दलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्