धनुषामा बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ
जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नं. २ सिनुरजोडा घर भएका वर्ष १४ की एक बालिकालाई जवरजस्तिकरणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वर्ष ५६ को बद्रिनाथ साह रहेको प्रहरीले जनाएको छ । साहले बालिकालाई ललाइफकाई आफ्नो पसलमा रहेको कार्टुनलाई छतमाथि पुर्याई दिनका लागि आग्रह गरेर बोलाएपछि पसलमा नाबालिकाको मुखथुनी भदौ २० गते साढे पाँच बजे जबरजस्ती करणी गरी फरार रहेकोमा धनुषा जिल्ला अदालतको आदेशमा गोप्य सूचनाको आधारमा कार्यालयबाट सादा पोसाकमा खटेका प्रहरी टोलीले बुधवार साँझ महोत्तरी जिल्लाको मठिहानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
यस विषयमा थप अनुसन्धान गर्ने काम भइरहेको पनि जिल्ला प्रहरी कार्यालय धनुषाले आज जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्