रुपन्देहीमा थप ८९ जना कोरोना सङ्क्रमणमुक्त
रुपन्देही । रुपन्देहीमा ८९ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
कोरोना अस्पताल र विभिन्न आइसोलेसन केन्द्रबाट बिहीबार उनीहरूलाई कोरोनामुक्त घोषणा गरिएको रुपन्देही स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
हालसम्म जिल्लामा सात सय ४७ जना कोरोनाबाट निको भएको कार्यालयले जनाएको छ ।
त्यसै गरी बिहीबार रुपन्देहीमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको सङ्ख्या एक हजार चार सय २१ पुगेको छ ।
रुपन्देहीमा छ सय ६० जना सङ्क्रमित उपचारका क्रममा छन् भने सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्