तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रे जिल्ला फुटबल संघद्वारा १ सय ७७ जनाको कोरोना बिमा

काभ्रे । काभ्रे जिल्ला फुटबल संघले काभ्रे जिल्लाका फुटबल खेलाडीको कोरोना बिमा गरेको छ । संघले खेलाडीसहित, प्रशिक्षक, रेफ्री, अफिसियल र पदाधिकारी गरी १ सय ७७ जनाको कोरोना बिमा गरिएको जनाएको छ ।

संघले बुधबार जिल्ला संघ अन्तर्गत रहेको १३ क्लबसँगको सहकार्यमा खेलाडीसहित अन्यको बिमा गरिएको सामाजिक संजाल फेसबुकबाट जानकारी गराएको छ । खेलाडीसहित सबैको एक लाख बराबरको बिमा गरिएको हो ।

काभ्रे फुटबल खेलाडीको कोरोना बिमा गर्ने पहिलो जिल्ला हो । यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीको कोरोना बिमा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button