तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।

बुधबार नेप्से सूचक १३.०५ अंकले बढेर १५०८.२० विन्दुमा पुगेको छ भने २ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बुधबार राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९८८ रुपैयाँले बढेर १० हजार ८६८ रुपैयाँ पुगेको छ । त्यसैगरी, रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

बुधबार पनि एनआरएन इन्फ्रास्टक्चरको शेयमूल्यमा भने नकारात्मक सर्किट लागेको र कम्पनीको शेयरमुल्य ३५४ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button